17May2025
Saturday 09:18 pm

स्पोर्टस नेपाल ओआरजीको उद्घाटन

काठमाडौं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका  विविध पक्ष समेटिएको क्उयचतकलभउब।ियचन वेब साइटको उद्घाटन गर्नु भएको छ । कमिटीको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले यो वेब साइट सञ्चालनमा ल्याएको हो । नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट ९२०२०–२०२१० को पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण सुरु भएको हो । यसका लागि सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक सुरुआत पछिल्लो मंसिर १ बाट सुरु भएको हो । उद्घाटन कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउनु हुँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नु पर्ने काम धेरै भएको बताउनु भयो । उहाँले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि बताउनु भयो ।

यस्तै कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुआत मात्र भएको र यसको निरन्तरता आवश्यक भएको बताउनु भयो । यस्तै कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमको ठूलो महत्त्व रहेको बताउनु भयो । कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेब साइटको विविध पक्षबारे बताउनु भएको थियो ।

Last Update: 2021-07-13