आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान
काठमाडौं । एमाले निकट नेपाल खेलकुद महासंघको ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु भएको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको सुरुआत गरेको हो ।
अवका दिनमा खेलकुदसँगै उत्पादनमा पनि खेलाडीहरूको सहभागिता र योगदानका लागि सुरु गरिएको सो अभियानको शुभारम्भ कार्यक्रममा पूर्व गृहमन्त्री खगराज अधिकारी पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामाको पनि उपस्थिति थियो ।
सहभागीहरूलाई अबिर र टिका लगाउँदै सुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरू पुजा शर्मा, वर्षा सिवाकोटी र राज कट्टेलको पनि सहभागिता थियो । कार्यक्रममा स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गरेको थियो ।
उपत्यका खेलकुद महासंघका सहसंयोजक केशव व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, उपाध्यक्ष सुवाष श्रेष्ठ, उप-महासचिव रामकृष्ण खड्का, शान्तमाया परीयार, सचिव रेनुका श्रेष्ठ, उमेस केसी, चर्चित पूर्व राष्ट्रिय फुटबलर तथा राखेप सदस्य हरी खड्का, खेलकुद परिषद् सदस्य सम्पन्न श्रेष्ठ लगायतको उपस्थिति थियो ।
खेलका दौरान घाइते खेलाडीहरूको नि:शुल्क उपचारको लागि पहल गर्दै आएको महासंघले यस अभियान अन्तर्गत दुई दिन कृषि र उत्पादनमूलक कार्यमा खर्चिने गरी यो अभियान सुरु गरेको बताउँदै महासंघका अध्यक्ष रमेश पौडेलले खेल, खेलाडी र खेलप्रेमीहरूको साझा र नेतृत्वदायी मञ्चका रूपमा महासंघलाई अगाडि बढाउने बताए ।
नेपाल प्रेस
प्रकाशित: २०७८ असार १९ गते १६:००
Last Update: 2021-07-10
- राखेप बोर्डको पहिलो बैठक अर्को साता
- स्पोर्टस नेपाल ओआरजीको उद्घाटन
- कर्णालीमा खेलकुद बजेट : हात्तीको मुखमा जीरा
- एक्कासी खबर आयो पत्याउनै गाह्रो भयो : सरस्वती चौधरी
- टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने
- टोकियो ओलम्पिकमा पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने
- सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस, नेपाली खेलकुद पत्रकारको अनुभूति