एक्कासी खबर आयो पत्याउनै गाह्रो भयो : सरस्वती चौधरी
एक्कासी खबर आयो पत्याउनै गाह्रो भयो : सरस्वती चौधरी
नेपालबाट एथ्लेटिक्सको १०० मिटर दौडमा छनोट भएकी सरस्वती चौधरीले आफूले प्रतियोगिता खेल्ने खबर पाउँदा उत्साहित भएकी प्रतिक्रिया दिएकी छिन् ।
पहिला म्याराथनमा गोपीचन्द्र पार्कीले खेल्ने भन्दै उनले सबै तयारी गरेका थिए । तर अन्तिम समयमा गोपीको नाम कटाएर सरस्वती चौधरीले टोकियो ओलम्पिक खेल्ने जनाएको छ । यस विषयमा गोपीले आफूलाई अन्याय भएको बताएका छन् भने यस्तो गल्ति आगामी दिनमा अन्य खेलाडीलाई नहोस भनि कामन गरेका छन् ।
यता चर्चामै नरहेकी सरस्वीत चौधरी एकाएक चर्चामा आएकी छिन् । उनी ओलम्पिक खेल्ने कुरा आफू कल्पना पनि नगरेको अवस्थामा खेल्न पाउने भएकोमा खुशी रहेको नेप्लेजसँगको छोटो कुराकानीमा उनले भनिन् । ओलम्पिकका लागि भोलि आउनु भन्ने खबर पाएको पनि उनले बताइन् ।
नियमति अभ्यास भने आफूले नगरेको बताइन् । उनले भनिन् ‘घरमा काम परेर जाँदा प्रशिक्षण पछिल्लो समय छुटेको छ ।’ बर्दियाकी सरस्वती विभागीय क्लब त्रिभुवन आर्मीबाट खेल्दै आएकी छिन् । आठौं राष्ट्रिय खेलकुद उनले आर्मीबाटै खेलेकी थिइन् भने सातौंमा उनले अर्को विभागीय क्लब एपीएफबाट खेलेकी थिइन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्कीका सट्टा चौधरीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने सार्वजनिक गरेका हुन् । पार्कीको सहभागिता सम्भव नभएकाले चौधरीले प्रतिस्पर्धा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
युनिभर्सिटी प्लेसमार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तरराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनका हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिक्स विधाको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भयो,’ विज्ञप्तिमा भनिएको छ ।’
पार्कीको सहभागिताबारे आयोजक असहमत भएपछि चौधरीको नाम सर्वसम्मत छनोट गरिएको नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले जानकारी दिए । उनले भने ‘हामीले शुक्रबार यो खबर पाएका थियौं, गोपीका कारण त्यही कोटा पनि खेर जाला भनेर सरस्वतीलाई पठाउने निर्णय गरेका हौं ।’
आयोजकले म्याराथनको सट्टा एक सय मिटरतर्फ महिलालाई मात्र स्थान दिन सक्ने भनी पत्र पठाएपछि चौधरीको नाम छनोट गरिएको पनि उनको छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध चौधरीसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले पनि टोकियो ओलम्पिकमा सहभागिता जनाउने छन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने छ ।
नेप्लेज २०७८-०३-१७
Last Update: 2021-07-06
- राखेप बोर्डको पहिलो बैठक अर्को साता
- स्पोर्टस नेपाल ओआरजीको उद्घाटन
- कर्णालीमा खेलकुद बजेट : हात्तीको मुखमा जीरा
- आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान
- टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने
- टोकियो ओलम्पिकमा पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने
- सन्दर्भः विश्व खेलकुद पत्रकार दिवस, नेपाली खेलकुद पत्रकारको अनुभूति